आईपीएल : साविक विजेता गुजरात प्लेअफमा
काठमाडौँ- साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । सोमबार राति सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै गुजरात तालिकाको शीर्ष २ मा स्थान रहने सुनिश्चित भएको हो ।
गुजरात १३ मध्ये ९ खेलमा जित हात पार्दै १८ अंकसहित तालिका शीर्ष स्थानमा छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्सको १५ अंक छ । १२ खेलबाट ८ अंक जोडेको हैदराबाट भने प्लेअफ चरण दौडबाट बाहिरिएको छ ।
सोमबार राति १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र जोड्न सक्यो । हैदराबादका लागि हेनरिच क्लासेनले सर्वाधिक ६४ रनको योगदान गरे ।
गुजरातका लागि मोहित शर्मा र मोहम्मद शामीले समान ४-४ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ९ विकेटको क्षतिमा १ सय ८८ रन बनायो । गुजरातका लागि शुभमन गिलले ५८ बलमा १३ चौका र १ छक्काको मदतमा १ सय १ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमारले सर्वाधिक ५ विकेट हात पारे ।
आईपीएलमा आज लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सको सामना गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया