क्रिकेट

आईसीसीको आम्दानी वितरण प्रस्तावप्रति पाकिस्तान क्रिकेट बोर्डको आपत्ती

इकागज |
जेठ ३, २०८० बुधबार ९:५३ बजे

काठमाडौँ- इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले अघि सारेको आम्दानी वितरण प्रस्तावप्रति पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) आपत्ती जनाएको छ । पीसीबीले सार्वजनिक रुपमै उक्त प्रस्तावप्रति आपत्ती जनाएको क्रिकइन्फोले जनाएको छ ।

आईसीसीको प्रस्तावअनुसार आगामी चार वर्ष आईसीसीले गर्ने आम्दानी वितरणमध्ये प्रत्येक वर्ष ३८.५ प्रतिशत भारतले पाउने भएको छ ।


आईसीसीले आम्दानी मध्ये वार्षीक ६ सय मिलियन अमेरिकी डलर वितरण गर्दा भारत एक्लैले २ सय ३१ मिलियन डलर पाउने क्रिकइन्फोले जनाएको छ । उक्त प्रस्ताव जुनमा स्विकृत हुने तथा आईसीसीको वार्षीक साधारणसभाका क्रममा जुलाईमा आधिकारिक रुपमा अघि बढाइने जनाइएको छ ।

तर पीसीबीका अध्यक्ष नजाम सेठीले आईसीसीले अघि सारेको आम्दानी वितरण प्रस्तावलाई स्विकार नगर्ने दावी गरे । उनले उक्त प्रस्तावमाथि गरिएको सम्पूर्ण कार्यहरु जानकारी गराइनुपर्ने बताएका छन् ।

सेठीले भारतले सर्वाधिक रकम पाउनुपर्ने कुरामा आपत्ती नभएको जनाउँदै आईसीसीको आम्दानी वितरणबारे सबै विषयहरु स्पष्ट पार्नुपर्ने बताए ।

भारतपछि सर्वाधिक पाउनेमा इंग्ल्यान्ड हुनेछ । इंग्ल्यान्डले वार्षिक ४१.३३ मिलियन पाउनेछ । अस्ट्रेलियाले ३७.५३ तथा पाकिस्तानले ३४.५१ मिलियन डलर पाउनेछन् ।

समग्रमा आईसीसीको १२ ‘फुल मेम्बर’ राष्ट्रले ५३२.८४ मिलियन पाउनेछ । बाँकी सबै एसोसियट राष्ट्रहरुले जम्मा ६७.१६ मिलियन पाउनेछन् ।


Author

थप समाचार
x