एसिया कपमा नेपाललाई छनोट गराएका खेलाडीलाई वाणिज्य बैँकले जनही एक लाख दिने
काठमाडौँ- एसिया कपमा नेपाललाई छनोट गराउन सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई राष्ट्रिय वाणिज्य बैँकले जनही एक लाख दिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै बैँकले खेलाडीलाज्ञ जनही एक लाख तथा अफिसियललाई जनही ५० हजार दिने जनाएको हो ।
नेपालमा भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया