क्रिकेट

विश्वकप छनोटः नेपालले पहिलो खेल जिम्बाब्वेविरुद्ध खेल्ने

इकागज |
जेठ ९, २०८० मंगलबार १४:५९ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले आयोजक जिम्बाब्वेको सामना गर्ने भएको छ । छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपाल र टेस्ट राष्ट्र जिम्बाब्वेबीचको पहिलो खेल जुन १८ तारिखमा हुने आईसीसीले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।

समूह ‘ए’ मा जिम्बाब्वेसँगै नेपाल, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका पनि रहेका छन् ।


नेपालले समूह चरणको दोस्रो खेल अमेरिकाविरुद्ध जुन २०, तेस्रो खेल टेस्ट राष्ट्र तथा दुई पटकको विजेता वेस्ट इन्डिजसँग जुन २२ तथा चौँथो खेल नेदरल्यान्ड्ससँग जुन २४ मा खेल्ने तालिका रहेको छ ।

छनोटको समूह ‘बी’ मा भने श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् । विश्वकप छनोटबाट दुई टोलीले भारतमा यसै वर्ष हुने एकदिवसीय विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

नेपालको प्रारम्भिक टोलीः 


Author

थप समाचार
x