विश्वकप छनोटका लागि अमेरिकी टिम घोषणा, नेपालविरुद्ध जुन २० मा खेल्ने
काठमाडौँ- जिम्बाब्वेमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका अमेरिकाले टिमको घोषणा गरेको छ । जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटका लागि अमेरिकाले मोनांक पटेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र नेपालसँगै समूह ‘ए’ मा रहेको अमेरिकाले पहिलो खेल वेस्ट इन्डिजविरुद्ध जुन १८ मा खेल्नेछ । अमेरिकाले दोस्रो खेल नेपालसँग जुन २०, तेस्रो खेल नेदरल्यान्ड्ससँग जुन २२ तथा चौँथो खेल जिम्बाब्वेविरुद्ध जुन २६ मा खेल्ने तालिका रहेको छ ।
छनोटका लागि श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई समूह ‘बी’ मा रहेका छन् ।
विश्वकप छनोटबाट दुई टिमले भारतमा यसै वर्ष आयोजना हुने एकदिवसीय विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
अमेरिकाको टिमः
मोनांक पटेल, आरोन जोन्स, अभिशेक पाराड्कर, अली खान, गजानन्द सिंह, जसदिप सिंह, कायल फिलिप, निसर्ग पटेल, नोसतुस केन्जिगे, साइतेजा मुक्कामल, सौरभ नेत्रभाल्कर, शयन जाहँगिर, स्टेभेन टेलर, सुशान्त मोदानी र उसमान रफिक ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया