क्रिकेट

विश्व टेस्ट च्याम्पियनसीपको विजेता आज टुंगो लाग्ने

इकागज |
जेठ २८, २०८० आइतबार १४:४० बजे

काठमाडौँ- इङ्गल्यान्डको ओभलमा जारी आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको विजेता आज टुंगो लाग्ने भएको छ । टेस्ट च्याम्पियनसीप अन्तर्गतको भारत र अस्ट्रेलियाबीच भइरहेको फाइनल खेलको आज पाँचौँ तथा अन्तिम दिन हो । 

भारतले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा ४६९ रन जोडेको थियो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथ र ट्राभिस हेडले शतक बनाएका थिए ।


जवाफमा भारतले आफ्नो पहिलो इनिङ्समा मात्र २६९ रन बनाउन सक्यो । भारतका लागि अजिंक्य रहाणेले सर्वाधिक ८९ रन बनाए । 

दोस्रो इनिङ्समा ब्याटिङ गर्नुअघि अस्ट्रेलियाले १७३ रनको अग्रता बनाएको थियो । अस्ट्रेलियाले ८ विकेट गुमाएर २७० रन बनाएपछि आफ्नो दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेपछि भारतले जितका लागि ४४४ रनको विशाल लक्ष्य पाएको थियो ।

जवाफमा ब्याटिङमा उत्रिएको भारतले चौथो दिनको अन्त्यसम्म ३ विकेट गुमाएर १६४ रन बनाएको छ ।  विराट कोहली ४४ रन र रहाणे २० रन बनाएर अविजित छन् ।

भारतलाई च्याम्पियनसीप जित्न अझै २८० रनको आवश्यक छ । अस्ट्रेलियालाई भने ७ विकेटको जरुरत छ । यदि खेल बराबरी भयो भने च्याम्पियनसीपको उपाधि दुई राष्ट्रबीच बाँडिने छ ।


Author

थप समाचार
x