क्रिकेट

अष्ट्रेलिया बन्यो विश्व टेस्ट च्याम्पियनसीपको विजेता

इकागज |
जेठ २८, २०८० आइतबार १७:३७ बजे

काठमाडौँ- इङ्ग्ल्यान्डको ओभलमा भएको आईसीसी विश्व टेस्ट च्याम्पियनसीप फाइनल खेलको विजेता अष्ट्रेलिया भएको छ । भारत र अष्ट्रेलियाबीच भएको फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको हो । 

अष्ट्रेलियाले दिएको ४४४ रनको विशाल लक्ष्य पछ्याएको भारतले चौथो इनिङ्समा २३४ रन मात्र बनाउन सक्यो । भारतले यो लगातार दोस्रो पटक टेस्ट च्याम्पियनसीप फाइनलमा पराजय भोगेको हो । भारतले यसअघि सन् २०२१ को टेस्ट च्याम्पियनसीपको फाइनलमा  न्युजिल्याण्डसँग पराजित भाेगेकाे थियो ।  


भारतले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा ४६९ रन जोडेको थियो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले १२१ र ट्राभिस हेडले १६३ रन बनाएका थिए । भारतका लागि मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिएका थिए । 

जवाफमा भारतले आफ्नो पहिलो इनिङ्समा मात्र २६९ रन बनाउन सक्यो । भारतका लागि अजिंक्य रहाणेले ८९ र शार्दुल ठाकुरले ५१ रन बनाए । अस्ट्रेलियाका लागि प्याट कमिन्सले ३ विकेट लिएका थिए । 

अस्ट्रेलियाले ८ विकेट गुमाएर २७० रन बनाएपछि आफ्नो दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेपछि भारतले जितका लागि ४४४ रनको लक्ष्य पाएको थियो । जवाफमा ब्याटिङमा उत्रिएको भारतले २३४ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि नेथन  लियोनले  ४ विकेट लिँदै जित दिलाए ।


Author

थप समाचार
x