पाँच अस्ट्रेलियन क्रिकेटर जसले जिते तीनवटै ‘फर्म्याट’को 'ट्रफी'
काठमाडौँ- अस्ट्रेलियाका पाँच क्रिकेट खेलाडीले आईसीसीले आयोजना गर्दै आएको तीनवटै 'फर्म्याट' को ट्रफी जितेका छन् । पछिल्लो समय अस्ट्रेलियाले टी-ट्वान्टी विश्वकप, एकदिवसीय विश्वकप तथा टेस्ट च्याम्पियनसीपको उपाधि जित्दा मिचेल स्टार्क, जोश ह्याजलउड, प्याट कमिन्स, स्टिभ स्मिथ र डेभिड वार्नर टिमका सदस्य थिए ।
इंग्ल्यान्डको ओभलमा आइतबार सम्पन्न आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा अस्ट्रेलियाले भारतलाई २ सय ९ रनले पराजित गरेपछि उनीहरु संयुक्त रुपमा तीनवटै फर्म्याटको ट्रफी जित्ने पाँच खेलाडी बनेका छन् ।
आईसीसीले आयोजना गर्ने पुरुष टी-ट्वान्टी विश्व कप, पुरुष एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसीपको उपाधि अस्ट्रेलियाका खेलाडीले जितिसकेका छन् ।
सन् २०१५ मा न्यूजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले जित्दा ती पाँच जना खेलाडी अस्ट्रेलियाको टिममा रहेका थिए । फाइनलमा अस्ट्रेलियाले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो ।
त्यसैगरी, सन् २०२१ मा यूएई र ओमानमा संयुक्त रुपमा आयोजना भएको टी-ट्वान्टी विश्वकप अस्ट्रेलियाले जित्दा ती पाँच खेलाडी अस्ट्रेलियाको टिममा रहेका थिए । उक्त विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्यूजिल्यान्डलाई नै ८ विकेटले हराएको थियो ।
आइतबार नै इङ्ग्ल्यान्डको ओभलमा सम्पन्न भएको आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनल खेलको विजेता अस्ट्रेलिया बनेको हो । फाइनलमा अस्ट्रेलियाले भारतलाई पराजित गर्दा स्टार्क, ह्याजलउड, कमिन्स, स्मिथ र वार्नर टिमका सदस्य थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया