क्रिकेट

पाकिस्तानी स्टार आजमलाई पछि पार्दै टेक्टरले जिते 'प्लेयर अफ द मन्थ' अवार्ड

इकागज |
जेठ २९, २०८० सोमबार १६:४५ बजे

काठमाडौँ- आईसीसीले मे महिनाको ‘प्लेयर अफ द मन्थ’ को घोषणा गरेको छ । आयरल्यान्डका २३ वर्षीय ह्यारी टेक्टरले आईसीसी पुरुष प्लेयर अफ द मन्थको 'अवार्ड'  जितेका छन् । टेक्टरले पाकिस्तानका स्टार बाबर आजम र बंगलादेशका युवा ब्याट्सम्यान नजमुल हुसेन शान्तोलाई पछि पार्दै सो अवार्ड जितेको आईसीसीले जनाएको छ ।

टेक्टरले बंगलादेश विरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा ७ चौका र १० छक्का प्रहार गर्दै करियरकै उत्कृष्ट १४० रन बनाउँदा मात्र ११३ बलको सामना गरेका थिए ।


त्यसैगरी, थाइल्यान्डकी १९ वर्षीया थिपाचा पुथावोङले आईसीसी महिला प्लेयर अफ द मन्थको अवार्ड जितेकी छन् । उनले श्रीलंकाकी चमारी अथापथु र उनकै सहकर्मी हर्षिता मडावीलाई पछि पारेर अवार्ड जितेकी हुन् ।

पुथावोङले मे महिना ११ विकेट लिएकी थिइन् । उनी थाइल्याण्डको लागि यो अवार्ड जित्ने दोस्रो महिला खेलाडी बनेकी छन् । गत महिना थाइल्यान्डकी नारुमोल चाइवाईले यो अवार्ड जितेकी थिइन् ।


Author

थप समाचार
x