क्रिकेट

एसिया कपः पाकिस्तानले दियो नेपाललाई ८८ रनको लक्ष्य

इकागज |
जेठ ३०, २०८० मंगलबार ९:० बजे

काठमाडौँ- हङकङमा जारी एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ‘ए’ ले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

टिन क्वोन रोड रिक्रियसन ग्राउन्डमा समूह ‘ए’ अन्तर्गतको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८७ रन बनायो ।


पाकिस्तानका लागि शवाल जुल्फिकारले सर्वाधिक २८ रन जोडिन् । कप्तान फातिमा सानाले १६ रन, सदाफ शमासले १२ तथा गुल फेरोजले ११ रन जोडे ।

नेपालका लागि इन्दु वर्माले सर्वाधिक ३ तथा सिता राना मगर, कविता जोशी र कविता कुँवरले २-२ विकेट हात पारे ।

समूह ‘ए’ मा नेपाल र पाकिस्तान ‘ए’ सँगै आयोजक हङकङ र भारत ‘ए’ टिम रहेका छन् । समूह ‘बी’ मा भने बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, यूएई र मलेसिया रहेका छन् ।

नेपालले दोस्रो खेल भारतविरुद्ध जुन १५ तथा तेस्रो खेल हङकङविरुद्ध जुन १७ मा खेल्ने तालिका रहेको छ ।

समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल जुन २१ मा हुने तालिका रहेको छ ।


Author

थप समाचार
x