क्रिकेट

अभ्यास खेलमा यूएईसँग नेपाल पराजित

इकागज |
जेठ ३०, २०८० मंगलबार २०:४६ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअघिको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

जितका लागि चाहिएको २७७ रनको लक्ष्य यूएईले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।


यसअघि जिम्बाब्वेको ओल्ड हरारियन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २७६ रन बनायो ।


Author

थप समाचार
x