क्रिकेट

न्यूजिल्यान्डका अलराउन्डर ब्रेसवेलले विश्वकप गुमाउने

इकागज |
जेठ ३१, २०८० बुधबार ८:९ बजे

काठमाडौँ- न्यूजिल्यान्ड राष्ट्रिय क्रिकेट टिमका अलराउन्ड माइकल ब्रेसवेलले भारतमा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप गुमाउने भएका छन् ।

बेलायतको घरेलु टी-ट्वान्टी प्रतियोगिताका क्रममा घाइते भएपछि ब्रेसवेलले भारतमा अक्टोबर-नोभेम्बरमा आयोजना हुने विश्वकप गुमाउने आईसीसीले जनाएको छ ।


वोरसेस्टरसायरका लागि शुक्रबार खेल्दै ३२ वर्षीय अलराउन्डर ब्रेसवेल घाइते भएका थिए । उनको बिहीबार बेलायतमा शल्यक्रिया हुने तथा उनी कम्तिमा पनि ६ देखि ८ महिना मैदान बाहिर रहनेछन् ।

न्यूजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टिडीले ब्रेसवेलको अनुपस्थिति टिमका लागि ठूलो झट्का भएको बताए ।

ब्रेसवेलले न्यूजिल्यान्डका लागि १९ एकदिवसीय खेल्दै ५ सय १० रन बनाउनुका साथै १५ विकेट हात पारेका छन् ।


Author

थप समाचार
x