एसिया कपः नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित हुने सम्भावना
काठमाडौँ- हङकङमा जारी एसीसी वुमेन्स इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा नेपालले भोलि (बिहीबार) उपाधि दाबेदार भारत ‘ए’ को सामना गर्नेछ ।
समूह ‘ए’ मा रहेका नेपाल र भारतबीचको खेल टिन नोङ रोड रिक्रियसन ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११.१५ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनको पराजय भोगेको नेपालले बिहीबारको खेलमा भारतलाई हराएर पहिलो जित हात पार्ने दाउमा हुनेछ । अर्कोतर्फ आयोजक हङकङलाई ९ विकेटले पराजित गरेको भारत लगातार दोस्रो जित हात पार्ने उद्धेश्यसहित मैदानमा उत्रने छ ।
तर हङकङमा अहिले वर्षको मौसम भएका कारण नेपाल र भारतबीचको खेल प्रभावित हुने सम्भावना बढेको छ । हङकङको मौसम पूर्वानुमान गर्ने हङकङ अब्जरभेटरीले बिहीबार नेपाल र भारतबीच हुने खेल मैदान आसपास पानी पर्ने पूर्वानुमान गरेको छ ।
जसका कारण नेपाल र भारतबीचको खेल प्रभावित हुन सक्ने सम्भावना छ । वर्षाका कारण खेल हुन नसके नेपाल र भारतले एक-एक बाँड्नेछन् ।
बुधबार पनि समूह ‘बी’ अन्तर्गतको बंगलादेश र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित हुँदा दुवै टोलीले एक-एक बाँडेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया