क्रिकेट

अन्तिम अभ्यास खेलमा नेपालले पायो २६८ रनको लक्ष्य

इकागज |
जेठ ३२, २०८० बिहीबार १६:२४ बजे

काठमाडौँ- नेपाल पुरुष क्रिकेट टिमले आज ओमानसँगको अभ्यास खेलमा २६८ रनको लक्ष्य पाएको छ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बाब्वे पुगेको नेपालको आज ओमानसँग अन्तिम वार्मअप खेल हो । ‌ओमानविरुद्ध नेपालले टस हारेर बलिङ गरेको थियो । 

जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर २६७ रन बनायो ।


नेपालका लागि सोमपाल कामीले ५ विकेट र सन्दीप लामिछानेले ३ विकेट लिन सफल भए । 

ओमानका लागि कप्तान जिशान मकसूदले १०६ बल खेलेर १०८ रन बनाएका थिए ।
 


Author

थप समाचार
x