क्रिकेट

विश्वकप छनोटः नेपालले जोड्यो २५० रन

इकागज |
असार ३, २०८० आइतबार १५:४३ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको उद्घाटन खेलमा जिम्बाब्वेविरुद्ध नेपालले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । नेपालले  २५० रन पूरा गरेको छ ।

जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४४ ओभर ३ बलमा २५५ रन  बनाउँदा ४ विकेट गुमाएको छ ।  


नेपालका लागि कुशल भुर्तेलले वेलिङ्टन मसाकाड्जाबाट बोल्ड आउट हुनुअघि ९५ बलमा ९९ रन बनाउँदा १३ चौका र २ छक्का हानेका थिए । आसिफ शेखले भने १०० बलमा ६६ रन जोड । कप्तान रोहित पौडेलले ३१ रन बनाए ।


Author

थप समाचार
x