क्रिकेट

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट

जिम्बाब्वेसँग नेपाल पराजित, क्रेग एर्भिन र सिनको शतक

इकागज |
असार ३, २०८० आइतबार १९:५४ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल आयोजक जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको हो ।

२९१ रनको लक्ष्य जिम्बाब्वेले ४४ ओभर १ बलमा पूरा गर्यो । जिम्बाब्वेका लागि कप्तान  क्रेग एर्भिनले १२१ रन बनाए । सिन विलियम्सले १०२ रन जोडे ।
वेस्ली माधेवेरेले ३२ र जोएलर्ड गुम्बीले २५ रन बनाए ।


नेपालका लागि गुल्सन झा र सोमपाल कामीले १-१ विकेट लिए ।

यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९० रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेलले ९५ बलमा ९९ रन बनाउँदा १३ चौका र २ छक्का हिर्काए । आशिफ शेखले १०० बलमा ६६ रन जोड्दा ७ चौका प्रहार गरे । कुशल र आशिफले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरे । एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि यो सर्वाधिक रनको साझेदारी हो ।

कुशल मल्ल ४२ बलमा ४१ रन बनाएर आउट हुँदा २ चौका र ३ छक्का हिर्काए । कप्तान रोहित पौडेलले ३१ रन बनाए । आशिफ शेखले १० तथा गुल्सन झाले १३ रन बनाए ।

जिम्बाब्वेका लागि रिचार्ड गाराभाले ४, वेलिङ्टन मासाकड्जा २ तथा ब्लेसिङ मुजारबानी र टेन्डाई चताराले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x