विश्वकप छनोटः अमेरिकाविरुद्ध करणले लिए लगातार दुई विकेट
काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले लगातार दुई विकेट हात पारेको छ ।
हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले दोस्रो ओभरमै दुई विकेट गुमाएको हो । नेपालका करण केसीले दोस्रो अमेरिकाका स्टेभेन टेलर र साल्टेजा मुकामलाको विकेट हात पारे ।
समूह ‘ए’ मा रहेका नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा पराजय भोगिसकेका छन् । त्यसैले सुपर सिक्सको सम्भावना कायम गर्न आजको खेलमा दुवै टोली जितको खोजिमा हुनेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया