क्रिकेट

एसेज सिरिजः अस्ट्रेलियासँग इंग्ल्यान्ड पराजित

इकागज |
असार ६, २०८० बुधबार ८:४६ बजे

काठमाडौँ- घरेलु टोली इंग्ल्यान्डविरुद्धको पाँच खेलको एसेज टेस्ट सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको छ । मंगलबार राति सम्पन्न खेल अस्ट्रेलियाले २ विकेटले जितेको हो । यससँगै अस्ट्रेलियाले सिरिजमा १-० को अग्रता लिएको छ ।

जितका लागि चाहिएको २ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले ८ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियालाई जित दिलाउन दोस्रो इनिङ्समा उस्मान खवाजाले सर्वाधिक ६५ रन बनाए । कप्तान प्याट कमिन्स ४४ रन तथा नाथन लायन १६ रनमा अविजित रहे ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले जो रुटको शतक (११८ रन) को मदतमा ८ विकेट गुमाउँदै ३ सय ९३ रनमा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । जवाफमा अस्ट्रेलियाले पहिलो इनिङ्समा ३ सय ८६ रनमा सबै विकेट गुमायो । अस्ट्रेलियाका लागि उस्मान खवाजाले १ सय ४१ रनको योगदान गरे ।

दोस्रो इनिङ्समा भने इंग्ल्यान्डले २ सय ७३ रनमै सबै विकेट गुमाएपछि अस्ट्रेलियाले जितका लागि २ सय ८१ रनको लक्ष्य पाएको थियो । अस्ट्रेलियाका बलर नाथन लायनले दुबै इनिङ्समा समान ४-४ विकेट हात पारे ।


Author

थप समाचार
x