विश्वकप छनोटः विश्व बिजेता वेष्ट इन्डिजविरुद्ध नेपालले पहिले बलिङ गर्ने
काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
हरारे स्पोर्ट्स क्लबमा टस जितेर नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो । समूह ‘ए’ मा रहेका नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । वेष्ट इन्डिजले खेलेको एकमात्र खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । सुपर सिक्सको सम्भावना बलियो पार्न आजको खेलमा दुवै टोली जितको खोजिमा हुनेछन् ।
नेपालले आज पहिलो पटक एक दिवसीय विश्वकप क्रिकेट बिजेतासँग क्रिकेट खेल्दैछ
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया