विश्वकप बिजेता वेष्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल, गुल्सनले दिलाए दाेस्राे सफलता
काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको दोस्रो विकेट लिएको छ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालले ४.१ ओभरमा दोस्रो विकेट लिएको हो । नेपालका करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए भने दोस्रो विकेट गुल्सन झाले लिएका छन् ।
यसअघि नेपालकालागि करण केसीले दोस्रो ओभरमै विकेट लिए ।करणकाे बलिङमा कुशल भुर्तेलले उत्कृष्ट क्याच गरे ।
जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला बलिङ गरेकाे हाे ।
हरारे स्पोर्ट्स क्लबमा टस जितेर नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो । समूह ‘ए’ मा रहेका नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । वेष्ट इन्डिजले खेलेको एकमात्र खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । सुपर सिक्सको सम्भावना बलियो पार्न आजको खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् ।
नेपालले आज पहिलो पटक एक दिवसीय विश्वकप क्रिकेट बिजेतासँग क्रिकेट खेल्दैछ । खेल अहिले जारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया