आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट
यूएईले दियो नेपाललाई १८२ रनको लक्ष्य, सन्दीप र करणले लिए तीन/तीन विकेट
काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ । टाकासिंगा स्पोर्ट्स क्लबमा टस हरेर पहिले ब्याटिङ गरेको यूएईले ४६.५ ओभर खेल्दै पूरै विकेटको क्षतिमा १८१ रन बनायो ।
यूएईका लागि कप्तान वृत्य अरविन्दले सर्वाधिक ४४ रन, रोहन मुस्तफाले ३५ र बासिल हमिदले २९ रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट, गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र प्रतिश जीसीले १/१ विकेट हात पारे । सन्दीपले १० ओभर बलिङ गर्दै २३ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यसैगरी करण केसीले नेपाललाई पहिलो ओभरमै सफलता दिलाएका थिए । उनले यूएईका ओपनर आसिफ खानलाई खेलको दोस्रो बलमा बिनाखाता खोली पभेलिएन फर्काएका थिए ।
नेपाल आज विजेता भए सातौं स्थानका लागि मंगलबार आयरल्यान्डको सामना गर्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया