विश्वकप छनोट
नेपालले भोलि आयरल्यान्डविरुद्ध खेल्ने
काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले भोलि (मंगलबार) टेस्ट राष्ट्र आयरल्यान्डको सामना गर्दै छ । नेपाल र आयरल्यान्डले सातौं स्थानका लागि खेल्ने भएका हुन् ।
नेपाल र आयरल्यान्डबीचको खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।
नेपालले टेस्ट राष्ट्रविरुद्ध एक दिवसीय खेल्न लागेको यो तेस्रो पटक मात्र हो । यसअघि टेस्ट राष्ट्रविरुद्ध भएको दुवै खेलमा नेपालले पराजित भोगेको थियो । नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाब्वे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो ।
नेपालले आइतबार भएको दोस्रो प्लेअफ खेलमा यूएईमाथि ३ विकेटको जित निकालेको थियो । त्यसैगरि पहिलो प्लेअफ खेलमा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले आयरल्यान्डविरुद्ध जित निकाल्न सके टेस्ट राष्ट्रविरुद्ध पहिलो जित हुने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया