एसीसी यू-१६ कप फाइनलः नरेन भट्टको शतकमा नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य
काठमाडौँ- एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आयोजक मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ । नेपाललाई विशाल योगफलमा पुर्याउन नरेन भट्टले शतकीय इनिङ्स खेले ।
पान्डामरानस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ सय रन जोड्यो ।
नेपालका लागि नरेन भट्टले ८९ बलमै ११२ रन जोडे । उनले २ छक्का र १० चौका हिर्काए । उनले ८२ बलमै शतक हिर्काएका थिए ।
निरज कुमार यादवले ४७ रन तथा सुर्यान्सु कोइरालाले १८ रन बनाए । सन्तोष यादवले २६ रनको योगदान गरे ।
मलेसियाका लागि मुहम्मद अकरमले ३ तथा हजिक हैकल, अरियन अकिल र मुहम्मद फातुम मुइनले १-१ विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया