नरेनको शतक, अभिषेकको ५ विकेटको मदतमा नेपाल यू-१६ कपको च्याम्पियन
तस्बिरः क्यान
काठमाडौँ- नरेन भट्टको शतक तथा कप्तान अभिषेक तिवारीको ५ विकेटको मदतमा नेपालले एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
मलेसियामा आज भएको फाइनल खेलमा नेपालले आयोजक मलेसियालाई नै २२१ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।
नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले १४ ओभर ५ बलमा सबै विकेट गुमाएर ३१ रनमात्र जोड्न सक्यो । मलेसियाका लागि मुहम्मद अकरमले सर्वाधिक १० रन बनाए ।
नेपालका कप्तान अभिषेक तिवारीले सर्वाधिक ५ विकेट हात पारे । उनले ६ ओभर बलिङ गर्दा केवल ७ रन खर्चिए । सन्तोष यादवले ३ र अशोक धामी र सागर गैरेले १ विकेट लिए ।
यसअघि पान्डामरानस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ सय रन जोड्यो ।
नेपालका लागि नरेन भट्टले ८९ बलमै ११२ रन जोडे । उनले २ छक्का र १० चौका हिर्काए । उनले ८२ बलमै शतक हिर्काएका थिए ।
निरज कुमार यादवले ४७ रन तथा सुर्यान्सु कोइरालाले १८ रन बनाए । सन्तोष यादवले २६ रनको योगदान गरे ।
मलेसियाका लागि मुहम्मद अकरमले ३ तथा हजिक हैकल, अरियन अकिल र मुहम्मद फातुम मुइनले १-१ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया