क्रिकेट

गुल्सनको अर्धशतकमा नेपालले टेस्ट राष्ट्र आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

इकागज |
असार १९, २०८० मंगलबार १६:२४ बजे

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि जारी खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

टाकासिंगा स्पोर्टस क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर बलमा ९ विकेट गुमाएर २६८  रन बनायो ।


नेपालका लागि गुल्सन झाले ५७ रन तथा अर्जुन साउदले ४८ रन जोड्दा कुशल मल्लले ४४ रनको योगदान गरे । कप्तान रोहित पौडेलले २९ रन तथा भिम सार्कीले २० रन जोडे । सन्दीप लामिछानेले ३२ रन जोडे ।

आयरल्यान्डका लागि मार्क अडायर, बेरी म्याककार्थी र क्रेग योंगले २-२ विकेट तथा कर्टिस क्याम्फर, गारेथ डिलेनी र एन्डी म्याकब्राइनले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x