विश्वकप छनोट
टेस्ट राष्ट्र आयरल्यान्डसँग नेपाल पराजित
काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपालले आयरल्यान्डसँग २ विकेटको पराजय भोगेको हो ।
२६९ रनको लक्ष्य आयरल्यान्डले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
आयरल्यान्डका लागि कर्टिस क्याम्फरले ६२ र ह्यारी टेक्टरले ६० रन बनाए । जर्ज डकरेलले ३३ रन जोडे । नेपालका लागि करण केसीले ४ तथा किशोर महतोले २, गुल्सन झा र सन्दीप लामिछानेले १-१ विकेट लिए ।
यसअघि टाकासिंगा स्पोर्टस क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनायो ।
नेपालका लागि गुल्सन झाले ५७ रन तथा अर्जुन साउदले ४८ रन जोड्दा कुशल मल्लले ४४ रनको योगदान गरे । कप्तान रोहित पौडेलले २९ रन तथा भिम सार्कीले २० रन जोडे । सन्दीप लामिछानेले ३२ रन जोडे ।
आयरल्यान्डका लागि मार्क अडायर, बेरी म्याककार्थी र क्रेग योंगले २-२ विकेट तथा कर्टिस क्याम्फर, गारेथ डिलेनी र एन्डी म्याकब्राइनले १-१ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया