एशेज सिरिज : तेस्रो खेल आजबाट सुरु हुँदै, स्मिथले आफ्नो सयौँ टेस्ट खेल्दै
काठमाडौँ- इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचको एशेज टेस्ट सिरिजको तेस्रो खेल आज (बिहीबार)बाट सुरु हुँदैछ । इङ्ग्ल्यान्डको लीड्सस्थित, हेडिङ्ले क्रिकेट ग्राउण्डमा हुने तेस्रो टेस्ट नेपाली समय अनुसार ३:४५ बजेबाट सुरु हुनेछ ।
इङ्ग्ल्यान्डले टस जितेर पहिले बलिङ रोजेको छ ।
यस अगाडि भएका दुई टेस्ट खेलमा अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो । एजब्यास्टन स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई २ विकेटले र लर्ड्स क्रिकेट ग्राउण्डमा अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई ४३ रन पराजित गरेको थियो । पाँच खेलको सिरिजमा अस्ट्रेलियाले २(० को अग्रता लिइसकेको छ ।
तेस्रो टेस्टमा अस्ट्रेलियाका स्टीभ स्मिथले आफ्नो करियरको एक सयौँ टेस्ट खेल्ने छन् । ३४ वर्षीय स्मिथले अहिलेसम्म ९९ टेस्ट खेल्दा ४ दोहोरो शतक, ३२ शतक र ३७ अर्धशतकसहित ९ हजारभन्दा बढी रन हिर्काएका छन् । स्मिथ १०० टेस्ट खेल्ने १५औँ अस्ट्रेलियाली खेलाडी बनेका छन् ।
लीड्समा हुने खेलमा इङ्ग्ल्यान्डको प्लेइङ- ११ मा बेन डकेट, ज्याक क्रली, ह्यारी ब्रुक, जो रुट, जोनी बेयरस्टो, बेन स्टोक्स, मोइन अली, क्रिस वोक्स, स्टुअर्ट ब्रोड, ओली रोबिन्सन र मार्क वुड छन् ।
अस्ट्रेलियाको प्लेइङ-११ मा डेभिड वार्नर, उस्मान खवाजा, मार्नस लाबुस्चेन, स्टीभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्स, एलेक्स केरी, प्याट कमिन्स , मिचेल स्टार्क, टोड मर्फी र स्कट बोलान्ड छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया