विश्वकप छनोटमा शतक नहान्ने टीम नेपालमात्रै
काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा भएको खेलमा नेपालका खेलाडी मात्रै शतक हान्न सकेनन् । यूएईका खेलाडी आसिफ खानले अन्तिम खेलमा अमेरिकाविरुद्ध शतक प्रहार गरेसँगै नेपाल शतक नहान्ने एक मात्र टीम बनेको हो ।
छनोटमा हालसम्म २१ वटा शतक प्रहार भएको छ । ती २१ वटा शतक भने सहभागी १० मध्ये ९ देशका खेलाडीले हिर्काए । केवल नेपालका खेलाडीले मात्रै शतक पूरा गर्न सकेनन् ।
नेपालले छनोटका सबै खेल खेलिसकेकाले नेपाली खेलाडीले शतक पूरा गर्ने सम्भावनाको पनि अन्त्य भइसकेको छ ।
खासमा नेपालका लागि छनोटमा सर्वाधिक २ सय १३ रन बनाउने कुशल भुर्तेल शतक बनाउनबाट केवल एक रनले पछि परे । उनी पहिलो खेलमै जिम्बाब्वेविरुद्ध ९९ रनमा आउट भए । त्यसपछि कुनै पनि नेपाली खेलाडी शतक नजिक पुग्न सकेनन् ।
विश्वकप छनोटमा हालसम्म लागेका २० शतक ८ देशका खेलाडीले हिर्काएका छन् । शतक हिर्काउनेमा जिम्बाब्वे, वेस्ट इन्डिज, श्रीलंका, ओमान, नेदरल्यान्ड्स, आयरल्यान्ड, स्कटल्यान्ड र अमेरिकाका खेलाडी रहेका छन् ।
२० मध्ये ५ शतक आयोजक जिम्बाब्वेका खेलाडीले हिर्काएका छन् । जिम्बाब्वेका सिन विलियम्सले सर्वाधिक ३ शतक हिर्काएका छन् । जिम्बाब्वेकै सिकन्दर राजा र क्रेग एर्भिनले एक-एक शतक पूरा गरेका छन् ।
वेस्ट इन्डिजका निकोलास पुरनले २ तथा शाई होपले एक शतक हिर्काएका छन् । श्रीलंकाका पाथुम निसान्का र दिमुथ करुनारत्ने एक-एक शतक पूरा गरेका छन् ।
त्यसैगरी, ओमानका आयान खान र कश्यप प्रजापति, नेदरल्यान्ड्सका विक्रमजित सिंह, यूएईका आसिफ खान र तेजा निदामनुरुले एक-एक शतक हिर्काएका छन् ।
स्कटल्यान्डका ब्रान्डन म्याकमुलन र रिचि बेरिङ्टन, अमेरिकाका शायान जाहाँगिर र गजानन्द सिंह तथा आयरल्यान्डका पल स्टिरिलिङ र कर्टिस क्याम्फरले शतक पूरा गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया