क्रिकेट

क्रिकेट विश्वकप

भारतमा खेल्न पाकिस्तानले राख्यो अर्को शर्त

इकागज |
असार २४, २०८० आइतबार १६:६ बजे

काठमाडौँ- भारतमा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप खेल्न जानका लागि पाकिस्तान सरकारले अर्को शर्त अघि सारेको छ ।

पाकिस्तानका खेलकुद मन्त्री एहसान मजारीले एसिया कप क्रिकेटका लागि भारतीय टोली पाकिस्तान खेल्न नआए पाकिस्तानले पनि विश्वकपका लागि तटस्थ मैदानको माग गर्ने दाबी गरेका छन् ।


भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म एकदिवसीय विश्वकप आयोजना गर्दैछ । विश्वकपमा भारत र पाकिस्तानबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा अक्टोबर १५ मा हुने तालिका रहेको छ ।

त्यसैगरी, एसिया कप पाकिस्तान र श्रीलंकामा अगस्ट ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म हुने तालिका रहेको छ । एसिया कपमा भारतले खेल्ने सबै खेल श्रीलंकामा खेलाइने तालिका समेत रहेको छ ।

भारतले एसिया कपका लागि पाकिस्तानको भ्रमण नगर्ने भएपछि श्रीलंकालाई तटस्थ मैदानको रुपमा प्रयोग गर्ने सहमति भएको एसीसीले जनाएको छ ।

तर पाकिस्तानी खेलकुद मन्त्री मजारीले भने एसिया कपका लागि भारतीय टिम पाकिस्तानको भ्रमण नगरे पाकिस्तानले पनि विश्वकपका लागि भारत नजाने तथा तटस्थ मैदानको माग गर्ने बताएको द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।


Author

थप समाचार
x