क्रिकेट

क्यानका पूर्व-उपाध्यक्ष नरेश श्रेष्ठको निधन

इकागज |
साउन १२, २०८० शुक्रबार १५:४८ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का पूर्व-उपाध्यक्ष नरेश श्रेष्ठको निधन भएको छ । क्यानका सल्लाहकार समेत रहेका श्रेष्ठको शुक्रबार उपचारको क्रममा निधन भएको हो ।

क्यानका कोषाध्यक्ष रोशन सिंहले सामाजिक सञ्जालमार्फत श्रेष्ठको निधन भएको उल्लेख गरेका छन् ।


सिंहले श्रेष्ठको निधनले सिंगो क्रिकेट जगतलाई ठूलो क्षति भएको समेत जनाएका छन् ।

श्रेष्ठले आईसीसी लाइफटाइम अचिभमेन्ट अवार्ड समेत हात पारेका थिए ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले श्रेष्ठको योगदान नेपाली क्रिकेटले सधैं सम्झिने बताइन् ।


Author

थप समाचार
x