क्रिकेट

इंग्ल्यान्डका बलर स्टुआर्ड ब्रोडले लिए क्रिकेटबाट सन्यास

इकागज |
साउन १४, २०८० आइतबार ८:५६ बजे

काठमाडौँ- इंग्ल्यान्डका फास्ट बलर स्टुआर्ड ब्रोडले व्यावसायिक क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

इंग्ल्यान्डको ओभलमा जारी एशेज टेस्ट सिरिजको अन्तिम खेलपछि नै ब्रोडले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका क्रिक-इन्फोले जनाएको छ ।


उनले सन्यास लिँदा टेस्टमा सर्वाधिक विकेट लिने खेलाडीको पाचौँ स्थानमा रहनेछन् । उनले टेस्टमा ६ सय विकेट पूरा गरिसकेका छन् ।

१ सय ६६ टेस्ट खेलेका ३७ वर्षीय ब्रोडले टेस्टमा ३ हजार ६ सय ४७ रन समेत जोडेका छन् ।

उनले एकदिवसीयमा १ सय ७८ तथा टी-ट्वान्टीमा ६५ विकेट हात पारेका छन् ।  


Author

थप समाचार
x