क्रिकेट

निकोलासको शतकमा एमआई न्यूयोर्कले जित्यो मेजर लिग क्रिकेटको उपाधि

इकागज |
साउन १५, २०८० सोमबार ९:४८ बजे

काठमाडौँ- निकोलास पुरानको शतकको मदतमा एमआई न्यूयोर्कले मेजर लिग क्रिकेटको उपाधि जितेको छ ।

अमेरिकाको डल्लासमा आज भएको फाइनलमा न्यूयोर्कले सिटल ओर्कासलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।


जितका लागि चाहिएको १ सय ८४ रनको लक्ष्य न्यूयोर्कले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

न्यूयोर्कलाई उपाधि दिलाउन कप्तान निकोलास पुरानले ५५ बलमा अविजित रहँदै १ सय ३७ रन बनाए । उनले १३ छक्का र १० चौका हिर्काए ।

सिटलका लागि इमाद वासिम र वायन पार्नेलले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिटलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनायो ।

सिटलका लागि क्विन्टन डी ककले ५२ बलमा सर्वाधिक ८७ रन बनाए । न्यूयोर्कका लागि ट्रेन्ट बोल्ट र राशिद खानले समान ३-३ विकेट हात पारे ।


Author

थप समाचार
x