इंग्ल्यान्डका फास्ट बलर जोडी ब्रोड र एन्डरसन अन्तिमपटक सँगै खेल्दै
काठमाडौँ- इंग्ल्यान्डका फास्ट बलर जोडी स्टुअर्ट ब्रोड र जेम्स एन्डरसन इंग्ल्यान्डका लागि अन्तिम पटक टेस्ट क्रिकेट सँगै खेल्दै छन् ।
इंग्ल्यान्ड र अस्ट्रेलियाबीच जारी एशेज टेस्ट सिरिजको अन्तिम खेलपछि नै ब्रोडले क्रिकेटबाट सन्यास लिने घोषणा लिएसँगै आज (सोमबार) जोडीले मैदानमा सँगै उत्रने अन्तिम अवसर हुनेछ ।
३७ वर्षीय ब्रोड र ४१ वर्षीय एन्डरसनले सन् २००८ देखि एकैसाथ १३८ खेल खेल्दै समग्रमा ५३७ विकेट लिएका छन् ।
सन् २०२३ को फेब्रुअरीमा ब्रोड र एन्डरसन मिलेर टेस्ट क्रिकेटमा १००० विकेट लिने दोस्रो जोडी बनेका थिए ।
टेस्ट क्रिकेटमा फास्ट बलरको रुपमा ब्रोड र एन्डरसनले मात्र ६०० भन्दा बढी विकेट लिएका छन् ।
एशेज टेस्ट सिरिजको अन्तिम खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ३८४ रनको लक्ष्य दिएको छ । जवाफमा अस्ट्रेलियाले १३५ रन बनाएर कुनै विकेट गुमाएको छैन । अस्ट्रेलियालाई अझै २४९ रनको आवश्यक छ भने इंग्ल्यान्डलाई १० विकेटकै जरुरत छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया