हङकङले दियो नेपाललाई ८५ रनको लक्ष्य
काठमाडौँ- मलेसियामा आजबाट सुरु भएको चारदेशिय टी-ट्वान्टी सिरिजअन्तर्गत हङकङले नेपाललाई ८५ रनको लक्ष्य दिएको छ ।
बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८४ रन जोड्यो ।
हङकङका लागि का यिङ्ग चानले सर्वाधिक ३४ रन तथा सिङ यान डोरोथिया चानले १६ रनको योगदान गरे ।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ५ विकेट हात पारिन् । इन्दु बर्माले २ विकेट लिइन् ।
कविता कुँवर, पुजा महतो र रुविना क्षेत्री एक-एक विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया