क्रिकेट

एसिया कपमा उत्कृष्ट खेल प्रदर्शन गर्छौं : कप्तान पौडेल

इकागज |
भदौ ५, २०८० मंगलबार १८:३२ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन् ।

एसिया कपमा सहभागी हुन पाकिस्तान जानुअघि मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले एसिया कपको नतिजा आफ्नो नियन्त्रणमा नरहे पनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा ध्यान केन्द्रित गर्ने बताएका हुन् । भारत र पाकिस्तानसँगको खेललाई विश्वले हेर्ने भएकाले आफूहरूले कुनै कमजोरी नदोहाेर्याउने उनकाे भनाइ थियाे ।


उनले टिममा सन्दीप लामिछानेको विकल्प अरु कसैले लिन नसक्ने भन्दै एसिया कपमा सहभागी हुने विश्वास व्यक्त गरे ।

त्यस्तै राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाइले प्रत्येक खेलमा टिमलाई उत्कृष्ट नतिजा निकाल्न टिमका प्रत्येक सदस्यहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले खेलाडीले पाँच महिना इन्डोर प्राक्टिस गरेको र एउटा मात्र बलिङ मेसिनमार्फत पुरानो बलले अभ्यास गरेको उल्लेख गरे । खेल अवधिभर खेलका लागि लड्नुपर्ने उनको भनाइ छ ।

एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुँदै छ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ । जसले गर्दा नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्ने छ । नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा भदौ १३ मा हुनेछ । भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौ १८ मा हुने तय भएको छ । 


Author

थप समाचार
x