Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

क्रिकेट

एसिया कप–२०२३

भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

इकागज |
भदौ १६, २०८० शनिबार २०:४१ बजे

काठमाडौँ- एसिया कप–२०२३ मा भारतले पाकिस्तानसामु २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पालेकेले रंगशालामा टस जितेर ब्याटिङ थालेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको हो ।

भारतका लागि हार्दिक पन्ड्याले ८७ रन बनाए । पन्डयाले इशान किसनसँग १३८ रनको साझेदारी गरेका थिए । किसनले ८२ रन जोडे ।


श्रेयस ऐयर र रवीन्द्र जडेजाले समान १४ रन बनाए । जसप्रीत बुमराहले १६, कप्तान रोहित शर्माले ११ र शुभमन गिलले १० रन जोडेका थिए ।

पाकिस्तानका साहिन साह अफ्रिदीले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३५ रन खर्चिए । ह्यारिस रौफ र नसिम साहले समान तीन विकेट झारे ।


Author

थप समाचार
x