के वर्षाले नेपाल र भारतबीचको खेल प्रभावित होला ?
काठमाडौँ- पाकिस्तान र श्रीलंकामा जारी एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज समूह चरणको दोस्रो तथा अन्तिम खेल खेल्दैछ ।
समूह ‘ए’ मा रहेका नेपाल र भारतबीचको खेल श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको पराजय भोगेको नेपालले भारतको सिनियर टोलीविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो अवसर हो ।
तर सुपर फोरमा प्रवेश गर्न नेपालले आजको खेलमा भारतलाई हराउनै पर्ने हुन्छ ।
जबकि भारतलाई सुपर फोरको यात्रा तय गर्न नेपाललाई हराउने अथवा अंक बाँड्ने विकल्प छ ।
भारतले पहिलो खेलमा पाकिस्तानसँग वर्षाका कारण अंक बाँड्न बाध्य भएको थियो ।
तर नेपाल र भारतबीचको खेल पनि वर्षाका कारण प्रभावित हुने अनुमान गरिएको छ । यस्तो अवस्थामा भारत २ अंकसहित समूहको उपविजेताको रुपमा सुपर फोरमा पुग्नेछ ।
श्रीलंकाको मौसम पूर्वानुमान कार्यालयका अनुसार पालेकेलेमा ८० प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको छ । र यसले नेपाल भारतबीचको खेल प्रभावित पार्नेछ ।
वर्षाका कारण खेल हुन सकेन भने नेपालले भारतको सिनियर टोलीविरुद्ध कुनै पनि फर्म्याटमा पहिलो पटक खेल्ने सुनौलो अवसर गुमाउनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया