क्रिकेट

त्रिदेशीय टी-ट्वान्टी सिरिजः हङकङमाथि मलेसियाको जित

इकागज |
असोज ५, २०८० शुक्रबार १२:२४ बजे

काठमाडौँ- मलेसियामा जारी त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत घरेलु टोली मलेसियाले हङकङमाथि जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा मलेसियाले हङकङलाई २३ रनले पराजित गरेको हो । सिरिजमा मलेसियाको तीन खेलमा यो दोस्रो जित हो ।


पहिलो खेलमा हङकङलाई १ सय २ रनले पराजित गरेको मलेसियाले दोस्रो खेलमा पपुवा न्यूगिनी (पीएनजी) सँग ४५ रनको पराजय भोगेको थियो ।

हङकङको भने यो लगातार तेस्रो पराजय हो । हङकङले दोस्रो खेल पीएनजीसँग २२ रनले हारेको थियो ।

शुक्रबारको खेलमा मलेसियाले दिएको १ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रनमात्र जोड्न सक्यो ।

हङकङका लागि बाबर हायातले सर्वाधिक ४९ रन बनाए । मलेसियाका विजय उन्नी, विरणदिप सिंह र खिजार हायातले समान २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । मलेसियाका लागि विरणदिप सिंहले अविजित ८४ रनको योगदान गरे ।

हङकङका लागि अनाश खानले सर्वाधिक ३ विकेट हात पारे ।


Author

थप समाचार
x