क्रिकेट

एसियाली खेलकुद : नेपाली क्रिकेटरले बनाए तीन विश्व कीर्तिमान,  मंगोलियालाई दियो ३१५ रनको लक्ष्य

इकागज |
असोज १०, २०८० बुधबार ८:५६ बजे

फाइल तस्बिर

काठमाडौं- नेपालले आज क्रिकेटमा तीन वटा विश्व कीर्तिमान कायम गरेको छ । 

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल– मंगोलियाबीचको जारी खेलमा तीनवटा कीर्तिमान कायम गरेको हो । 


पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिँदै नेपालले ती कीर्तिमान कायम गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको छ । 

जारी खेलमा नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो । 

दोस्रो, नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको कीर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन्  ।

तेस्रो, कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गरेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरेका छन । यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान कायम रहेको जनाईएको छ ।


Author

थप समाचार
x