एसियन गेम्सः अभिनाशले ६ विकेट लिँदा माल्दिभ्सलाई हराउँदै नेपाल क्वार्टरफाइनलमा
काठमाडौँ- नेपाली पुरुष क्रिकेट टिमले चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गतको क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गर्दै नेपालले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । यसअघि पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको थियो ।
आइतबार नेपालले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७४ रनमात्र बनाउन सक्यो ।
माल्दिभ्सका लागि मुयावियाथ अब्दुल घानीले सर्वाधिक रन ३६ तथा रसम रासिदले १२ र सिउस फरिदले १० रन बनाए ।
नेपालका लागि अविनाश बोहराले ६ तथा सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी, गुल्सन झाले १-१ विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया