क्रिकेट

सन्दीप बने दुई सय अन्तर्राष्ट्रिय विकेट लिने पहिलो नेपाली क्रिकेटर

इकागज |
असोज १४, २०८० आइतबार १५:४८ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट लिने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत माल्दिभ्सविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा एक विकेट हात पारेसँगै सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय रन पूरा गरेका हुन् ।


सन्दीपले ४५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ८८ विकेट पूरा गरेका छन् । उनले एकदिवसीय ५१ एकदिवसीय अन्तर्राष्ट्रियमा भने १ सय १२ विकेट हात पारेका छन् ।

सन्दीपपछि करण केसीले ४४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ६२ विकेट तथा ४८ एकदिवसीय अन्तर्राष्ट्रियमा ७४ विकेट हात पार्दै समग्रमा १ सय २२ अन्तर्राष्ट्रिय विकेट हात पारेका छन् ।


Author

थप समाचार
x