क्रिकेट

आजदेखि विश्वकप क्रिकेट सुरु, उद्घाटन खेलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्‌ने

इकागज |
असोज १८, २०८० बिहीबार ७:५० बजे

काठमाडौं- विश्वकप क्रिकेटको आज उद्घाटन खेल हुँदैछ । 

आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो ।


आजदेखि सुरु हुने क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजिल्याण्ड उपविजेता टोली हो ।

सो प्रतियोगिताको पहिलो उद्घाटन खेल नरेन्द्र मोदी रंगशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको रुपमा लिइन्छ । सो उद्घाटन खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ ।

यस प्रतियोगिताको संस्करणमा १० देशको सहभागिता रहने छ । जसअनुसार यसपटक आयोजक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स मैदानमा उत्रिदै छन् । 

नेदरल्याण्ड विश्वकपको यस संस्करणमा एकमात्र एसोसिएट राष्ट्र हो । 


Author

थप समाचार
x