त्रिकोणात्मक सिरिजः हङकङले दियो नेपाललाई ९५ रनको लक्ष्य
काठमाडौँ- काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ ।
मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ९४ रन बनायो ।
हङकङका लागि यासिम मुर्ताजाले ३६ रन जोडे । जिशान अलीले १७ रन बनाए ।
नेपालका लागि करण केसीले ४, अविनाश बोहरा र सोमपाल कामीले समान २-२ तथा गुल्सन झा र मौसम ढकालले १-१ विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया