साउदीलाई ३०१ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा
काठमाडौँ- साउदी अरेबियामाथि शानदार जित हात पार्दै नेपाल एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
समूह ‘ए’ अन्तर्गत मलेसियाको युकेएम-वाइयसडी क्रिकेट ओभलमा साउदी अरेबियालाई ३ सय १ रनले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो ।
३ सय ४८ रनले विशाल लक्ष्य पछ्याएको साउदी अरेबियाले १९ ओभर १ बलमै सबै विकेट गुमाएर ४६ रनमात्र बनायो ।
साउदी अरेबियाका लागि वरुण साराभानानले सर्वाधिक ११ रन बनाए । नेपालका लागि दिपक कँडेलले सर्वाधिक ६ विकेट हात पारे ।
आकाश चन्दले २ तथा शुवास भण्डारीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन जोड्यो ।
नेपालका लागि अर्जून कुमालले १ सय ११ बलमा २ छक्का र १७ चौकाको मदतमा १ सय ४२ रन बनाए ।
आकाश त्रिपाठीलले ९८ बलको सामना गर्दा २ छक्का र ६ चौकाको मदतमा ८९ रनको योगदान गरे । दिपक बोहरा २९ रन र मिलन बोहरा ९ रन बनाएर आउट भए । कप्तान देव खनाल शून्य रनमा आउट भए ।
दिपक बहादुर डुम्रेले १४ रन जोडे । विशाल विक्रम केसीले रन तथा दिपेश कँडेलले १४ रन बनाए ।
साउदी अरेबियाका लागि अब्दुल्लाह सिराज, मुहम्मद अहमद राजा र मुहम्मद घायोर अहमदले २-२ तथा शाहिब मुजिब रहमान र जुहाइर मुहम्मदले १ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया