क्रिकेट

त्रिकोणात्मक सिरिजः नेपालसँग हङकङ पराजित

इकागज |
कात्तिक २, २०८० बिहीबार १३:५० बजे

काठमाडौँ- काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमा बुधबार यूएईलाई पराजित गरेको नेपालले दोस्रो खेलमा हङकङमाथि ६ विकेटको जित हात पारेको हो ।


जितका लागि चाहिएको ९५ रनको लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आशिफ शेखले ४२ रन बनाए । कप्तान रोहित पौडेलले २५ रन जोडे । गुल्सन झाले ६ छक्काको मदतमा ५ बलमा १४ रन बनाए ।

कुशल भुर्तेल ८, सन्दीप जोरा ३ तथा कुशल मल्ल १ रनमा आउट भए । हङकङका लागि एहसान खानले ३ तथा याशिम मुर्ताजाले १ विकेट हात पारे ।

यसअघि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर रन बनायो ।

हङकङका लागि यासिम मुर्ताजाले ३६ रन जोडे । जिशान अलीले १७ रन बनाए ।

नेपालका लागि करण केसीले ४, अविनाश बोहराले २ तथा सोमपाल कामी, गुल्सन झा र मौसम ढकालले १-१ विकेट लिए ।


Author

थप समाचार
x