क्रिकेट विश्वकपमा शतक प्रहार गर्न ‘स्वार्थी’ बनेका विराट कोहली
काठमाडौँ- आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत बंगलादेशविरुद्ध घरेलु टोली भारतले जित हात पार्दा भारतीय ब्याटर विराट कोहलीले शतक पूरा गरे ।
जारी विश्वकपमा भारतले लगातार चौँथोँ जित हात पार्दा कोहलीले ९७ बलमा अविजित रहँदै ६ चौका र ४ छक्काको मदतमा १ सय ३ रन बनाए ।
भारतले जित हात पार्न केवल एक रनको आवश्यकता हुँदा कोहलीलाई शतक पूरा गर्न ३ रन आवश्यक रहेको थियो ।
तर बंगलादेशका बलर नासुम अहमदले ४२ औँ ओभरको पहिलो बल कोहलीलाई फाल्दा बल ‘वाइड’ भएपनि अम्पायरले त्यसलाई ‘डट बल’ भएको जनाए । कोहलीले आखा तरेपछि अम्पायरले वाइड नदिएको भिडियो भइरल भइरहेको छ ।
त्यसपछि दोस्रो बल पनि कोहलीले ‘डट’ नै खेले । त्यसपछि उनले तेस्रो बलमा छक्का हिर्काउँदै भारतलाई जित दिलाउनुका साथै आफ्नो शतक पनि पूरा गरे ।
उनले शतक पूरा गर्नकै लागि अन्तिम ३ ओभरमा ८ वटा ‘डट बल’ खेलेका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रियमा कोहलीको यो ४८ औँ शतक हो । तर कोहलीले शतक पूरा गर्नका लागि खेललाई लम्ब्याएपछि भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिन असफल भयो ।
समान ४ खेलबाट न्यूजिल्यान्डले ८ अंक जोडेपनि नेट रनरेटमा भने न्यूजिल्यान्ड शीर्ष स्थानमा यथावत छ ।
तर कोहलीले आफ्नो शतक पूरा गर्नका लागि देखाएको स्वार्थलाई लिएर क्रिकेट समर्थकहरु उनीप्रति रुष्ट बनेका छन् ।
कतिपय समर्थकले कोहलीमाथिको सम्मान समाप्त भएको घोषणा गरेका थिए ।
यता भारतको जितमा अविजित ३४ रन बनाएका केएल राहुलले भने आफूले कोहलीलाई शतक प्रहार गर्नका लागि भनेको र यसको जिम्मेवारी आफूले लिने बताएका छन् ।
राहुलले आफूले नै कोहलीलाई शतक प्रहार गर्न प्रयास गर्नुपर्ने बताएको जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया