क्रिकेट

यू-१९ प्रिमियर कप

सेमिफाइनलमा नेपालले जापानको सामना गर्ने

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १५:५ बजे

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानको सामना गर्ने भएको छ ।

समूह ‘डी’ अन्तर्गतको अन्तिम खेलमा आज जापानले हङकङलाई डिएल मेथडअनुसार ५७ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेपछि जापान र नेपालबीचको सेमिफाइनल सुनिश्चित भएको छ ।


नेपाल समूह ‘ए’ को विजेताका रूपमा अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । यता जापानले पनि समूह चरणका तीनवटै खेल जितेर अघिल्लो चरणमा प्रवेश गरेको हो ।

नेपाल र जापानबीचको खेल शनिबार हुने तालिका रहेको छ ।


Author

थप समाचार
x