क्रिकेट

यू-१९ प्रिमियर कपः वर्षाका कारण नेपाल र यूएईबीचको खेल प्रभावित

इकागज |
कात्तिक ७, २०८० मंगलबार १२:४६ बजे

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल वर्षाका कारण प्रभावित बनेको छ ।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य यूएईले पछ्याइरहँदा क्वालालम्पुरस्थित बायुमास ओभलमा वर्षाले खेल प्रभावित बनेको हो । यूएईले ११ ओभर २ विकेट गुमाएर ५० रन जोडेको छ ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो ।

नेपालका लागि कप्तान देव खनालले ९२ बलमा ९ चौका र ३ छक्काको मदतमा १ सय रन बनाए । उत्तम रंगु थापा मगरले ५७ रन तथा अर्जून कुमालले ५५ रन बनाए । दिपक प्रसाद डुम्रेले २८ रन जोडे ।

यूएईका लागि हारित सेट्टीले सर्वाधिक ५ तथा आयान अफजल खानले २ र अमर बदामीले १ विकेट लिए ।


Author

थप समाचार
x