क्रिकेट

विश्वकपपछि इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले घुँडाको शल्यक्रिया गर्ने

इकागज |
कात्तिक १८, २०८० शनिबार ९:४९ बजे

काठमाडौँ- इंग्ल्यान्डका अलराउन्डर तथा टेस्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले घुँडाको शल्यक्रिया गर्ने भएका छन् ।

भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपपछि स्टोक्सले घुँडाको शल्यक्रिया गर्ने बीबीसीले जनाएको छ ।


३२ वर्षीय स्टोक्स लामो समयदेखि घुँडाको समस्याबाट गुज्रिरहेका छन् । उनले जारी विश्वकपमा बलिङ समेत गर्न सकेका छैनन र केवल ब्याटिङ मात्र गर्ने गरेका छन् ।

साविक विजेता इंग्ल्यान्डले विश्वकपमा खराब प्रदर्शन गरिरहेको छ । उसले खेलेका ६ मध्ये ५ खेलमा पराजय भोगिसकेको छ ।

इंग्ल्यान्डले केवल एक खेलमा मात्र जित हात पारेको छ ।


Author

थप समाचार
x