'अत्यन्तै अस्वस्थ' हावाको गुणस्तरबीच श्रीलंका र बंगलादेशबीचको खेल जारी
काठमाडौँ- हावाको गुणस्तर 'अत्यन्तै अस्वस्थ' भएपनि आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत बंगलादेश र श्रीलंकाबीचको खेल भारतको दिल्लीमा संचालन भएको छ ।
बंगलादेश र श्रीलंकाबीचको खेल नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भइरहेको छ । तर नयाँ दिल्लीको हावाको गुणस्तर भने अत्यन्तै अस्वस्थ रहेको दिल्लीको एयर क्वालिटी इन्डेक्सले देखाएको बीबीसीले उल्लेख गरेको छ ।
यसबारे बंगलादेश र श्रीलंकाले इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) समक्ष गुनासो गरेको भएपनि खेल भने संचालन भएको हो ।
यसअघि बंगलादेश र श्रीलंकाले अभ्यास पनि रद्ध गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया